सभामुखको आसनमा बस्न थालिन् उपसभामुख भुसाल

होमल्याण्ड खबर

२०७९ श्रावण ४ गते, बुधबार १३:०५ मा प्रकाशित

सभामुखको अनुपस्थितिमा उपसभामुख पुष्पा भुसालले प्रतिनिधि सभाको अध्यक्षता गर्न शुरू गरेकी छिन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखले अध्यक्षता गरेकी हुन् ।

सभामुख अग्नि सापकोटाले बैठक आरम्भ गरेको केहीबेरपछि उपसभामुखले सभामुखको आसनमा बसेर बैठक सञ्चालन गरेकी हुन् ।

भुसाल असार ३१ गते उपसभामुख निर्वाचित भएकी थिइन् । उपसभामुख नहुँदा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तोकिएका सांसदले बैठकको अध्यक्षता गर्ने गरेका थिए ।