२९ बैशाख २०८३, मंगलवार
मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले यो क्रम आगामी मंगलबारसम्म कायम रहने बताएकी छन्।
उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल लुम्बिनी, गण्डकी र प्रदेश नंका केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।


सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ।