२९ बैशाख २०८३, मंगलवार
झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कचनकवल गाउँपालिका ५ मा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक को हुन् ? भन्ने बारेमा पहचिान खुलेको छैन ।
उनीहरुको सव आज विहान फेला परेको गाँउपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिएका छन् । स्थानीय जिङ खोला किनारमा ढल्केको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको हो ।


प्रहरी र सम्बन्धित वडाका जनप्रतिनिधिसहितको टोली अहिले घटनास्थल पुगेको छ । घटनास्थलको मुचुल्का उठाए पछि मात्र उनीहरूको पहिचानका बारेमा थाहा हुने गाँउपालिकाका अध्यक्ष राजवंशीले बताएका छन् ।