प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

होमल्याण्ड खबर

२०७९ श्रावण ८ गते, आईतवार १५:५१ मा प्रकाशित

प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।