३ चैत्र २०८२, मंगलवार
सरकारले नागरिकता विधेयक ल्याएर गैह नेपालीलाई नागरिकता बाँड्ने बाटो खोलेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवा उपस्थित कार्यक्रममा नाराबाजी भएको छ ।प्रधानमन्त्री शेरवहादुर देउवा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनको कार्यक्रममा पुगेका थिए । त्यहाँ राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रम थियो ।
त्यहाँ प्रधानमन्त्री देउवा विरुद्ध लक्षित गरेर केही युवाहरुले नाराबाजी गरेका हुन् । नागकिरता वेच्न पाइदैन, अंगीकृतलाई नागरिकता दिन मिल्दैन भन्ने नारासहित प्रधानमन्त्री देउवाको विरोध गरेका हुन् ।

