कोरोनाबाट दुई जनाको मृत्यु, ६३८ जनामा संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७९ श्रावण १० गते, मंगलवार १६:१८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । यस्तै, आज २१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज देशभर कूल पाँच हजार ५५ जनामा कोरोना परीक्षण भएको थियो ।