२९ बैशाख २०८३, मंगलवार
अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ ।
प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । लगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईले उनलाई श्रीमानको जिम्मा लगाएर छाडिएको बताए । उनले भने, ‘होहल्ला भएपछि सोधपुछका लागि ल्याइएको थियो, छाडिसकेका छौं ।’

