३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्तासँग अर्न्तक्रियाका लागि झापा आइपुगेका छन्।बुधबार उनी आफ्नो संसदीय निर्वाचन क्षेत्रसमेत रहेको झापा पुगेका हुन्।
झापा पुगेर आजै ओलीले प्रशिक्षण दिन सुरू गरिसकेका छन्। बुधबार ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको उनको सचिवालयले जनाएको छ। ओलीसँगको अन्तर्क्रिया कार्यक्रममा अग्रिम नाम टिपाएका कार्यकर्ताले मात्रै ओलीलाई प्रश्न गर्न पाउनेछन्।ओली तीन दिनसम्म झापामा रहने उनको सचिवालयले जनाएको छ।

