२९ बैशाख २०८३, मंगलवार
बधाई छ ‘तपाईले २५ लाख जित्नुभएको छ,आजको लक्की विनर बन्न सफल तपाइ हुनभएको छ’ भन्दै ठगी गर्ने गिरोह सक्रिय बनेको छ । कतिपयले यस्तो ठगीबाट करडौं गुमाउन पुगेका छन् । दैनिक सयौँ नेपालीहरु ठगीन थालेपछि प्रहरीले यस्तो गिरोह माथि निगरानी बढाएको हो ।
हाल प्रहरीले छापा हानेर थुप्रै कल सेन्टरहरुको अवैध कामको बारेमा सार्वजनिक गर्दै आम मानिसलाई ठगीबाट बच्न आग्रह गर्दै आएको छ । सोहि क्रममा प्रहरीलाई प्राप्त सूचना अनुसार ठमेल चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा जिल्ला परिसर काठमाडौंको टोलीले छापा मारेको छ । अवैध रुपमा ठगीधन्दा चलाएका ४ चिनियाँ नागरिकलाई प्रहरीले आज प्रक्राउ गरेको छ ।


छापा मार्दा सो स्थानबाट २७ वटा ल्यापटप,४७२ मोबाइल,२०-२० वटा एनसेल, स्मार्ट सेलको सीम कार्ड र १ लाख ९० हजार बराबरको रिचार्ज कार्ड बरामत गरेको प्रहरीले जनाएको छ ।