तीन दिन अधिकांश ठाउँमा पानी पर्ने सम्भावना

होमल्याण्ड खबर

२०७९ श्रावण १५ गते, आईतवार ११:१५ मा प्रकाशित

तीन दिन अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । यस्तै, राति प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो ।