डोटीमा एकै साथ २ सय ६३ जनाले एकीकृत समाजवादीमा प्रवेश

होमल्याण्ड खबर

२०७९ श्रावण १५ गते, आईतवार १३:२९ मा प्रकाशित

डोटीमा एमाले परित्याग गर्नेको लर्को लगेको छ । शनिबार एकै साथ २ सय ६३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नवप्रवेशिहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका  थिए ।

डोटीको सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा २ सय ६३ जनाले एमाले परित्याग गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) डोटी जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान समयमा देशभर एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने क्रम बढ्दै आएको बताए  ।