काठमाडौंको तारकेश्वरमा चारजनाको शव भेटियो

होमल्याण्ड खबर

२०७९ श्रावण १६ गते, सोमबार १३:३५ मा प्रकाशित

काठमाडौंको तारकेश्वरमा एकै परिवारका ४ जनाको शव भेटिएको छ ।

तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोराछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरासमेतको हत्या भएको छ । तर, उनीहरुको पहिचान भने खुलेको छैन । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार ४ जनाको शव फेला परेको तर हत्या वा अन्य भन्ने नखुलेको जानकारी दिए । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।