उपत्यकामा एकै दिन २ हजार भन्दा बढि सवारी चालक कारबाहीमा

होमल्याण्ड खबर

२०७९ श्रावण १६ गते, सोमबार १६:०७ मा प्रकाशित

काठमाडौं उपत्यकामा प्रहरीले एकै दिन २ हजार ३८९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् ।

यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।