२९ बैशाख २०८३, मंगलवार
अवैध लागुऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–१४ दुवागढी बस्ने ५० वर्षीया जेगुन खातुन रहेका छन् ।
उनलाई करिब २ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।


विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरभित्र लुकाई राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।