२९ बैशाख २०८३, मंगलवार
वर्षा सुरुभएपछि खोलानाला बढ्नु त सामान्य विषय हो । तर, देशको संघीय राजधानी काठमाडौं, जहाँ पानी पर्न साथ सडक नै खोलामा परिवर्तन हुन्छ । खोेला हो या सडक छुट्याउनै मुस्किल पर्ने गरि सडकमै पानी जम्मा हुन्छ ।
राजधानीमै सडक विस्तारको काम र व्यवस्थापनमा सरोकारवालाले चासो नदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जम्ने गरेको हो ।


सडकमै पानी जम्ने गरेपछि पानीमाथि नै सवारीसाधन गुडाउन चालकहरु बाध्य छन् । त्यतिमात्रै होईन्, पानीमाथि गुड्ने गाडीले सडक छेउछाउँका पसलभित्र हिलो सहितको पानी पुग्ने गरेको उनीको गुनासो छ ।
पैदलयात्रीहरुले त झनै सास्ती भोग्नु परेको छ । सडकमै पानी जमेपछि मोटरसाईकल, स्कुटर जस्ता सवारीसाधनहरु चलाउनेको पीडा पनि छुट्टै छ । यसले दुर्घटनाको जोखिम पनि उत्तिकै निम्त्याएको छ ।
काठमाडौँमा यातायातको चाँप, सडक बिस्तारको काम र व्यवस्थापनमा समस्या दिन÷प्रतिदिन थपिँदै जाँदा आमनागरिकले अनेक सास्ती खेप्नुपरेको हो । यस्तो अवस्थामा काठमाडौँ उपत्यकाको विकासको गतिमा सुधार आउने विषय ज्यादै चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
देशको संघिय राजधानी काठमाडौंको महाराजगंज,नारायण गोपाल चोकहुँदै बसुन्धारा जाने बाटोमा हिड्ने पैदलयात्रीले भोग्नु परेको सास्ती हेर्दा लाग्छ, कुनै टिकटकस्टारहरुको समुहले अभिनय गरिरहेका छन् । तर यो यहाँका पैदलयात्रीले भोग्नु परेको वास्तविक समस्या हो ।
यसै गरी अर्को तिर हेर्दा बाटोमा गुडिरहेको सवारी साधनले सुुरक्षाकर्मीहरुलाई त्यही फोहोर पानी छयापीरहेको छ । तर यहाँ कसैले केही प्रतिकृया भने नदिएको देखिन्छ ।