३ चैत्र २०८२, मंगलवार
प्रमुख प्रतिपक्ष नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले इन्धनको भाउ तत्काल समायोजन नगरिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिइएको हो ।भारतले पछिल्लो १५ दिनमा पेट्रोल र डिजेलको मूल्य दुई पटकसम्म घटाएर पठाएको उल्लेख गर्दै अध्यक्ष बरालले निगमले घाटाको बाहाना गरेर इन्धनको भाउ नघटाएको आरोप लागएकी छन् ।


भारतले पछिल्लो १५ दिनमा दुई पटक गरि पेट्रोलमा ३२.५६ रुपैयाँ, डिजेलमा २५.१ रुपैयाँ प्रतिलिटर र एलपी ग्यासमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाएको छ ।
