२९ बैशाख २०८३, मंगलवार
मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकारी दिएको छ ।


चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । स्तरोन्नतिका लागि अस्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ ।
नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ ।
‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेस्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।