२९ बैशाख २०८३, मंगलवार
सरकारले म्यादी प्रहरीको भर्ना गर्ने भएको छ । सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको हो ।
नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना खुलाउने जानकारी दिए । उनले अहिले नै यति संख्यामा भर्ना गर्ने भन्ने कुरा भन्न नसकिने बताए ।


उनले प्रदेश र प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बनाएर म्यादी प्रहरीको भर्ना खोलिने बताए । सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । सरकारले स्थानीय तह निर्वाचनमा काम गरेकालाई प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने भएको छ ।