भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय सञ्चालन हुने

होमल्याण्ड खबर

२०७९ श्रावण १९ गते, बिहीबार १७:३७ मा प्रकाशित

भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेको बैठकको निर्णयअनुसार भोलिदेखि शुक्रबार पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ।