निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १४:१३ मा प्रकाशित

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

उनका अनुसार कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेको उनले जानकारी दिए ।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेको भुसालले जानकारी दिए । कार्यदलको बैठक चाँडै बस्ने उनको भनाइ छ ।