३ चैत्र २०८२, मंगलवार
प्रतिनिधि सभा अन्तरगतका संसदीय समिति सदस्यहरु हेरफेर भएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समिति सदस्यहरु हेरफेर भएको जानकारी दिए ।


हेरफेर गरिएको समितिमा पूर्वमन्त्रीहरुलाई स्थान दिइएको छ । जसअनुसार रामकुमारी झाँक्री अर्थ समिति, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समितिमा छन् ।
सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।