संखुवासभामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको यूवक पक्राउ

होमल्याण्ड खबर

२०७९ श्रावण २४ गते, मंगलवार १५:३४ मा प्रकाशित

संखुवासभामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका– ९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।