साफ च्याम्पियनसिप : भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै

होमल्याण्ड खबर

२०७५ भाद्र २० गते, बुधबार ११:२४ मा प्रकाशित

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज (बुधबार) एक खेल हुँदैछ । आज समूह बी मा रहेको साबिकको उपविजेता भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।

ढाकास्थित बंगबन्धु रंगशालामा भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बेलुका ६:४५ मा सुरु हुनेछ । र, दुवै टोली साफको १२ औं संस्करणको पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

सात पटकको च्याम्पियन भारतले श्रीलंकाविरुद्ध यू-२३ टोली मैदान उतार्ने छ । भारतले साफ च्याम्पियनसिपको लागि यू-२३ टोली बंगलादेश पठाएको छ ।

भारतमा दुई वर्षअघि भएको ११ औं संस्करणमा भारत फाइनलमा अफगानिस्तानसंग पराजित भएको थियो ।

साफको लागि मुख्य प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले घोषणा गरेको टोलीमा यू-२३ टोलीका सदस्यहरु रहेका छन् ।  भारतको टोली दिल्लीको बन्द प्रशिक्षण र अष्ट्रेलिया टुरपछि बंगलादेश आएको छ । भारतको यू-२३ टोलीले अष्ट्रेलियामा ३ खेलको अभ्यास खेल खेलेको थियो ।

यता, श्रीलंकाले भारतविरुद्ध सिनियर टोली नै मैदान उतार्ने छन् ।

साफमा भारत र श्रीलंकाबीच हालसम्म ३५ खेल भएका छन् । जसमा भारतले १३ खेल जितेको छ ।