बझाङमा एकै घरका तीन जना रूखमा झुन्डिएको अवस्थामा मृत फेला

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १५:२६ मा प्रकाशित

बझाङमा एकै घरका ३ जना रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका स्थानीयले बताएका छन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

स्थानीयका अनुसार गए राति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका हुन् । घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरी अनुसन्धान पछि मात्र थप रहस्य खुल्ने प्रहरी निरिक्षक अवस्थीले जानकारी दिए ।