३ चैत्र २०८२, मंगलवार
प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुई वटा विधेयक पारित गरेको छ ।
बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।


बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए ।