स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न खोजेको एमाले नेता अधिकारीको आरोप

होमल्याण्ड खबर

२०७९ श्रावण २५ गते, बुधबार १७:०७ मा प्रकाशित

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न खोजेको आरोप लगाएका छन् । उनले स्वास्थ्य क्षेत्रमा खतरनाक अवस्था आउँदै गरेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमलाई नरोक्न आग्रह गरे ।

प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गरेर जनताको स्वास्थ्यसँग खेलवाड गर्न नपाईने तर्क राखे ।

अधिकारीले यो कार्यक्रम बन्द गर्न खोजेको भन्दै जेष्ठ नागरिक, बालबालिकाहरुको हुर्मत लिन खोजेको हो भन्दै प्रश्न गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।