३ चैत्र २०८२, मंगलवार
नेकपा (एमाले) कामपा १४ वडा कमिटीले बुझाए ज्ञापनपत्र महंगी र भ्रष्टाचार विरुद्ध गरिएको हस्ताक्षर संकलन कामपा १४ वडाका वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।
राज्यलाई जवाफदेही बनाउन काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने जनसमुदाय माथि पर्न गएको मर्कालाई ध्यानमा राखि सरकारले दैनिक उपभोग गर्ने उपभोग्य सामग्रीको मूल्य घटाउन तथा नियन्त्रित एवं सरकारी निकायमा बढ्दो भ्रष्टाचार तत्काल नियन्त्रण होस भनि जनसमुदायको हस्ताक्षर सहित सम्बन्धित निकायमा ध्यानाकर्षणका ज्ञापनपत्र बुझाएका हुन् ।


नेकपा (एमाले) कामपा १४ वडा कमिटीका ले चामल, पिठो, दाल, चिनी, दूध घ्यूतेल, सवारी भाडा सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूत आवश्यकताका वस्तु र सेवाको मूल्य आकाशिएको र पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढाइएको बताएका छन् ।
भ्रष्टाचार ,विचौलिया कालाबजारिया र नाफाखोरहरूले बजार कब्जा गरेका र किसानहरूले मुख्य बाली लगाउने समयमा देशैभरि रासायनिक मलको हाहाकार भएको ले बताए ।
त्यसले गर्दा कृषि उत्पादन घट्ने र खाद्य संकट अवस्था सिर्जना हुदै गएको स्थानिय जनसमुदायको भनाई छ ।
अर्थतन्त्र संकटग्रस्त बन्दै जानुका सथै खाद्यान्न, औषधि निर्माण सामग्री समेतको आयातमा गम्भीर समस्या देखिएका छन् ।