नेपाली नागरिक सधैको लागी ‘वेवकुप’ हुँदैनन्: रमेश खरेल

होमल्याण्ड खबर

२०७९ श्रावण २६ गते, बिहीबार १७:११ मा प्रकाशित

स्वतन्त्र राजनीतिक शक्ति नेपालका संयोजक रमेश खरेलले नेपाली नागरिक सधैको लागि ‘वेवकूफ’ नहुने बताए ।

आगामी निर्वाचनमा संयुक्त चुनाव चिन्ह घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ वर्ष वेवकुप भए आगमी दिनहरुमा नेपाली नागरिकहरु सहि र गलतको छुट्यान सक्ने भैसकेको बताएका छन् ।

देशमा परिवर्तन चाहाने नेपालीहरुले निर्णय गर्ने बेला आएको दाबी गर्दै उनले स्वतन्त्र राजनीतिक शक्तिले आगामी निर्वाचनमा संयुक्त चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी दिए । श्रावण २८ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा संयुक्त चुनाव चिन्ह र चुनावी रणनीतिका बारेमा एक कार्यक्रम गरेर बिस्तृत जानकारी दिने खरेलले बताए ।