राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा सासंदले उठाए प्रश्न

होमल्याण्ड खबर

२०७९ श्रावण २९ गते, आईतवार १५:५६ मा प्रकाशित

सांसद लिलादेवी सिटौलाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि आशंक्का ब्यक्त गरेकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बेल्दै राष्ट्रपति राष्ट्रको हुनुपर्ने हो तर उहाँ कुनै पार्टी विशेषको व्यक्ति हुन पुगेको भन्दै सासंद लिलादेवी सिटौलाले आरोप लगाईन ।

राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ भन्दै यदि नागरिकता विधेयकमा केही अब्जेक्सन राख्नुपर्ने थियो भने तीन÷तीन वर्षसम्म सरकार एकहोरो रुपमा चलाएर दुई तिहाई नजिकको सरकारले किन पास नगरेको ? भन्ने उनको प्रश्न छ ।

आमा बाबुको नागरिकता छ, छोराछोरीहरु नागरिकता नपाएर तड्पिरहेको र आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाई छ ।