८ मंसिर २०८१, शनिबार
एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।