नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक जना पक्राउ

होमल्याण्ड खबर

२०७९ श्रावण ३० गते, सोमबार १४:४३ मा प्रकाशित

नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको बाह्रपोखरी गाउपालिका–५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन् ।

प्रहरीका अनुसार वर्किङ भिसामा विदेश पठाइदिने भन्दै प्रति व्यक्ति १६लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो ।