भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन सक्दैनः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७९ श्रावण ३० गते, सोमबार १५:०८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भौतिक विकासले मात्रै मानिसको जीवन र समाज सुमधुर हुन नसक्ने बताएका छन् । उनले राष्ट्रलाई समृद्ध बनाउन कला–संस्कृृतिको महत्वपूर्ण योगदान रहने जिकिर गरे

काठमाडौंमा आयोजित एनइए अवार्ड–२०७९ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको विकास नेपाली मोडेलमा हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली इतिहास, भुगोल, संस्कृति र जातिय बनोट अनुसार नै नेपाली मोडेलमा विकास गर्नुपर्ने तर्क राखे ।

अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनको निम्ति धेरै संघर्ष गरेको बताउँदै जनताले चाहे अनुसारको विकास गर्नकै आफू फेरी एकपटक समर्पित हुने संकल्प गरेका छन् ।