कांग्रेसको अभिमुखीकरण कार्यक्रम

होमल्याण्ड खबर

२०७९ श्रावण ३१ गते, मंगलवार १५:०० मा प्रकाशित

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित हुने देशभरका पालिकाका प्रमुख र उपप्रमुखलाई अभिमुखीकरण प्रशिक्षण दिएको छ । साउन ३० र ३१ गते दुईदिन काठमाडौंमा दिईएको प्रशिक्षणले कार्यसम्पादनमा महत्वपूर्ण भूमीका खेल्ने जनप्रतिनिधिहरुको भनाई छ ।

प्रशिक्षणबाट सिकेका कुराहरुलाई आत्मसात् गर्ने भने स्थानीय तहहरुलाई परिचालन, कार्यान्वय तथा ऐनहरु निर्माणमा सहज हुने रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण बताउँछन् । त्यसैगरी स्थानीय तहमा कसरी समन्वय गर्ने भन्ने कुराहरुलाई सहज रुपमा कसरी अगाडी बढाउन सकिने उनको विश्वास छ । उनले स्थानीय तहको विकास, समाजलाई रुपान्तरण र समृद्धि, महिला सशक्तिकरण, यूवाहरुलाई रोजगारी, सुशासन लगाएतका विषयमा प्रशिक्षणबाट सिकेको बताए ।

प्रशिक्षणमा पारदर्शिता, गतिशिलता, अनुशासनका बारेमा संवेदनशील भएर भाग लिएको रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्मा बताउँछन् । यसबाट स्थानीय तहको विकास निर्माणमा, त्यहाँ जनतासँगका सरोकारका विषयहरुमा कर्तव्यनिष्ट भएर काम गर्ने थप होसला मिलेको उनले बताए ।
जिल्ला समन्वय समिति दार्चुलाको प्रमुख महादेव बडू (कश्यप)ले निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउने र उनीहरुलाई सामान्य अभिमुखीकरण कार्यक्रमको आवश्यक हुने बताए । प्रशिक्षणले पार्टीसँग पनि सम्पर्क बनाउने र आफ्नो

प्रशिक्षणले आफ्नो पार्टीलाई पनि माथि उठाउने र जनप्रतिनिधि भएर काम, कर्तव्यहरुको बारेमा पनि प्रशिक्षण पाएको नुवाकोटको म्यागङ गाउँपालिकाको उपाध्यक्ष सिता तामाङले बताईन् । उनले योजना तर्जुमा कसरी गर्ने, प्राकृतिक स्रोतलाई कसरी व्यवस्थापन गर्ने, पालिकाका प्राकृतिक स्रोतहरु कसरी पहिचान गर्ने र बढी भन्दाबढी त्यसबाट स्रोत जुटाएर आफ्नो पालिकाको विकास गर्ने भन्ने बारेमा पनि प्रशिक्षकले प्रष्ट पारेको धारणा राखिन् ।

कांग्रेसले पार्टीबाट निर्वाचित देशभरका स्थानीयतहका प्रमुसख, उपप्रमुखहरुलाई राखेर जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्व, नियमकानून, कसरी बजेट बनाउने र जनताको कसरी सेवा गर्ने विषमा प्रशिक्षण दिएको कांग्रेस सहमहामन्त्री महेन्द्र यादबले बताए ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ३४ जना, उपप्रमुख २३ जना, नगरपालिकाका प्रमुख १ सय ४१ जना, उपप्रमुख १ सय १० जना, गाउँपालिकाका अध्यक्ष १ सय ८८ जना र उपाध्यक्ष १ सय ९० जना सहभागी हुने रहेको कांग्रेसले जनाएको छ ।