२९ बैशाख २०८३, मंगलवार
सल्यानमा ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत रहेका छन् ।
रावतले मादकपदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गर्दा सोही ठाउँ स्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।


तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।