३ चैत्र २०८२, मंगलवार
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको मन नजितेसम्म जनप्रतिनिधि हुन नसकिने बताएका छन् । कार्कीले स्थानीय सरकार जनताको नजिकको सरकार रहेको बताउँदै जनप्रतिनिधिलाई जनभावना अनुसार काम गर्न निर्देशन समेत दिए ।
प्रदेश–१ का स्थानीय निकायबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विकास निर्माण, सेवा प्रवाह र जनताको गुनासोलाई सम्बोधनलाई मुख्य केन्द्रबिन्दुमा राख्नुपर्ने जिकिर गरे ।


मन्त्री कार्कीले निर्वाचन नजिकिँदै गरेको स्मरण गराउँदै ५ दलीय गठबन्धन साथमै रहने प्रष्ट पारे । उनले मुलुकको स्थिरता, विकास र विकासोन्मुखबाट विकाशशील बनाउनका निमित्त आउने निर्वाचनमा बहुमत ल्याउनुपर्ने जोड दिए ।।