सुन जस्तो देखिने धातु सहित ४ जना पक्राउ

होमल्याण्ड खबर

२०७९ भाद्र १ गते, बुधबार १४:२० मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थानआईफोन–१३ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका–१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३२ वर्षीय राजकुमार योन्जन तामाङ रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकाशिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित शिखर र अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।