कोइराला पक्षले गर्याे एकाधिकारविरुद्ध खबरदारी भेला

होमल्याण्ड खबर

२०७९ भाद्र १ गते, बुधबार १७:०४ मा प्रकाशित

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षका भातृ संगठनहरुले एकाधिकारविरुद्ध खबरदारी भेला गरेका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी र भातृसंस्थामा एकलौटी गरेको भन्दै कोइराला पक्षको नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ र आदिवासी जनजाती महासंघले संयुक्त रुपमा खबरदारी गरेका हुन् ।

पार्टीमा भातृ संस्थाको नेतृत्वको चयन गर्दा सभापतिले पार्टीका सदस्यसँग परामर्श गर्ने निर्णय भएपनि त्यो विपरित गएपछि आवाज बुलन्द पार्ने नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले बताए ।
सुवेदीले पार्टी कसैको प्राईभेट लिमिटेड नभएको बताउँदै कांग्रेस आम जनताको सम्पत्ति रहेको धारणा राखे ।