२९ बैशाख २०८३, मंगलवार
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए । ‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उनको भनाइ छ ।
गतवर्ष प्राधिकरणको नाफा इतिहासकै उच्च हुनुमा माथिल्लो तामाकोसीको मूख्य भूमिका छ । यस्तै, भारतबाट हुने आयात घट्नु र भारततर्फको निर्यात बढ्दा समेत उक्त मुनाफा आर्जन गर्न सफल भएको घिसिङले जनाएका छन् ।

