२९ बैशाख २०८३, मंगलवार
रौतहटमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको चन्द्रपुर नगरपालिका–२ पूर्वी लच्का नजिकै बिहान करिब साढे ४ बजेतिर अटो र बस एक आपसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो ठक्कर खाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अटोमा सवार सर्लाही जिल्लाको सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् ।
दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको भने स्थानीय चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।