नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

होमल्याण्ड खबर

२०७९ भाद्र २ गते, बिहीबार १३:०३ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । संसदमा सत्तापक्षले नागकिरता विधेयक पारित गर्ने तयारीका साथ आजको बैठकबाटै पारित गर्ने नीति लिईरहेका बेला ओली भने संसद छोडेर झापा पुगेका हुन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।