नागरिकता विधेयकको विरोधमा प्रदर्शन

होमल्याण्ड खबर

२०७९ भाद्र २ गते, बिहीबार १३:३३ मा प्रकाशित

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौंमा संसद् भवन अगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।