२९ बैशाख २०८३, मंगलवार
नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ। ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचारत गिरीको स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियूमा सारिएको हो ।
घाँटीमा क्यान्सर देखिएपछि गिरी गत बर्ष साउनमा उपचारका लागि भारतको मुम्बई गएका थिए । उपचारपछि उनी यही साउनमा स्वदेश फर्केका थिए ।


गिरीको क्यान्सर शरिरका अन्य भागहरुमा पनि फैलिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको उपचार डाक्टर पंकज वर्मनसहित चिकित्सक टोलीले गरिरहेको छ ।
गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।