निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल सुरु

होमल्याण्ड खबर

२०७९ भाद्र ६ गते, सोमबार १२:३८ मा प्रकाशित

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल सुरु गरिएको हो।

छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन्। निर्वाचन आचारसंहिता २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ। सोहीअनुसार आयोगले दलहरुसँग छलफल थालेको हो।