३ चैत्र २०८२, मंगलवार
सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँडलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।
सिट बाँडफाँडको आधार र सिटसंख्या निर्धारणका लागि गठित कार्यदलले करिब दुई हप्तासम्म ठोस प्रगति गर्न सकेको छैन। साउन मसान्तभित्र प्रारम्भिक प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदल निष्कर्षविहीन अवस्थामै रहेपछि शीर्ष तहका नेताहरू नै छलफलमा जुटेका छन्।

