३ चैत्र २०८२, मंगलवार
सरकारले ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द् बहादुर कार्कीले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।


उनले दुबै मन्त्रालयमा आर्थिक वर्ष ०७९र८० का आयोजना सञ्चालन गर्न राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय भएको जानकारी दिए ।