प्रधानमन्त्री देउवासँग भेट गर्न बालुवाटार पुगे ओली

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १०:४९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका छन् ।

नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला बुधबार बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेट गर्न पुगेका हुन् ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंकाअनुसार देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिक, चुनावका विषयमा छलफल भएको छ ।