झापामा १७ वर्षीया किशोरी बलात्कृत

होमल्याण्ड खबर

२०७९ भाद्र ८ गते, बुधबार १५:५५ मा प्रकाशित

झापामा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।