सुदेश पराजुली ईश्वर पोखरेलसँग चुनाव भिड्ने, क्षेत्र नम्बर ५ बाट नाम सिफारिस

होमल्याण्ड खबर

२०७९ भाद्र ९ गते, बिहीबार ११:४४ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुलीको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत रहेका पराजुलीलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि नाम सिफारिस गरिएको हो । पोखरेलले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

बुधबार क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस गरेको छ। यसपटक पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

यस्तै प्रदेशतर्फ ५(क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस गरिएको छ ।