८ मंसिर २०८१, शनिबार
लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एन्ड रिफरल सेन्टर (के–ल्याब) ले नेपालभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा के–ल्याबका तर्फबाट कान्ति थापाले हस्ताक्षर गरे ।
सम्झौता पछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्याबले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकका ४६ जिल्लामा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटीएम तथा २५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ एजेन्ट रहेका छन् ।