मेयर बालेनले अल्फाबिटाको अवैध संरचनामा डोजर चलाए

होमल्याण्ड खबर

२०७९ भाद्र ९ गते, बिहीबार १६:३८ मा प्रकाशित

नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।

तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगे । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई सुनेन ।

र अवैध रुपमा हालेको सटर हटाएको छ । फार्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।